०४ साउन २०८३, सोमबार

ओरियन्टल होटल्स लिमिटेडको ५ प्रतिशत बोनस शेयर साधारण सभाबाट पारित

असोज २०, २०८१
काठमाडौं
ओरियन्टल होटल्स लिमिटेडको ५ प्रतिशत बोनस शेयर साधारण सभाबाट पारित

ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल)ले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ५ दशमलव २६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

१२ करोड ४० लाख खुद नाफा आर्जन गरेको गरेको कम्पनीले ५.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि  ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई साधारण सभाबाट पारित गरेको हो ।

आइतबार भएको होटलको सत्ताइसौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरण पारित गरेको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा होटलको कूल बिक्री १२१ दशमलव ६७ करोड रहेकोमा सञ्चालन खर्च ९६ दशमलव ७० करोड भई जम्मा २४ दशमलव ९७ करोड सञ्चालन नाफा गरेको होटलले जनाएको छ । 

खर्च कट्टा गरी खुद नाफा १२ दशमलव ४० करोड भएको कम्पनीले जनाएको छ ।

अघिल्लो वर्षको नाफामा असाधारण आम्दानी समेत रहेकाले त्यसलाई हटाई तुलना गर्ने हो भने होटलको बिक्री र नाफामा वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आइतबार कम्पनी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्