
काठमाडौं, १९ कात्तिक - एन आई सी एशिया बैंकको नयाँ शाखा भोजपुर न.पा. वडा नं. ०७, चेङ्गवेनी चौक, स्थित भोजपुर शाखाको आज मिति २०७४ कार्तिक १७ गते एक समारोहका बिच भोजपुर नगरपालिकाका मेयर श्री कैलाश कुमार आलेज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । भोजपुर शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।