![बागमती र नख्खु खोलाको बाढीले टापु बन्यो कोलोनी, घरभित्र हिलो पसेपछि २५ परिवारको बिचल्ली [ड्रोन भिडियो]](https://lktcdn2.prixacdn.net/media/harmony-colony-_1_A2ZC3h0oH1.jpg)
असोज ११ र १२ गते आएको बाढीले ललितपुरको बागडोलस्थित हार्मोनी कोलोनी नदीले घेरेको टापुजस्तै बनेको छ । बागमती नदी र उर्लिएको नख्खु खोलालाई थुन्दा बाढी कोलोनी भित्र पसेको थियो ।
बागमती र नख्खु खोलाको दोभान नजिकै नख्खु करिडोरको खोला किनारामा रहेका घर डुबानमा परेका हुन् । हार्मोनी कोलोनीका अध्यक्ष डेकेन्द्र श्रेष्ठले २५ वटा घरमा बसेका परिवार प्रभावित बनेको बताए ।
कोलोनीको घरको पहिलो तलासम्म डुबेपछि घरमा बसोबास गरेका परिवारलाई भदौ १२ गते सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको उनले बताए । बाढी घटेपछि घरभित्रको हिलो सोहोर्ने काम चलिरहेको छ ।

यस्तै कोलोनीको बीच बाटोमा थुप्रिएको हिलो र माटो डोजर लगाएर सफा गर्न थालिएको छ । कोलोनीको एउटा घर ३ करोड रुपैयाँसम्ममा बिक्री भएको थियो ।
असोज ११ गते रातिको बाढीले नख्खु खोला करिडोरमा क्षति पुर्याएको थियो ।
भिडियो :