०५ असार २०८३, शुक्रबार

कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी

कात्तिक २०, २०७४
कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी
काठमाडौं, १९ कात्तिक– एमालेले उम्मेदवार नबनाएपछि बागी उम्मेदवारी दिएकी गायीका कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।

दाङ क्षेत्र नम्बर तीनबाट बागी उम्मेदवारी दिएकी ओलीले पत्रकार सम्मेलन गरेरै बागी उम्मेदवारी फिर्ता लिएकी हुन् ।
आयोगले उम्मेदवारी फिर्ता लिनका लागि आज दिउँसो एक बजेसम्मको समय सीमा तोकेको थियो ।
उनले उम्मेदवारी फिर्ता लिएसँगै वाम गठवन्धनका आधिकारिक उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन रहने जनाएकी छिन् ।

पत्रकार सम्मेलनमा एमाले नेता शंकर पोखरेलले वलीको कदमको स्वागत गर्दै उनको क्षमता र योग्यतालाई राष्ट्रको हितमा प्रयोग गरिने आश्वासन दिए ।

salt training

कमेन्ट गर्नुहोस्