२१ असार २०८३, आइतबार

जीपी कोइराला स्वासप्रश्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारतले सहयोग गर्ने

असोज २१, २०८१
काठमाडौं
जीपी कोइराला स्वासप्रश्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारतले सहयोग गर्ने

भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई सहयोग गर्ने भएको छ ।

भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको भेटमा भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनीहरूबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा द्विपक्षीय वार्ता भएको थियो ।

त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाएका स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्