१३ साउन २०८३, बुधबार
प्रशिक्षक कुमार राईसँग कुराकानी

‘अमेरिकन सेटरले सुमित्राका लागि विश्वका लीगमा कुरा गर्छु भनेकी छन्, उत्साही छौं’

असोज २२, २०८१
काठमाडौं
‘अमेरिकन सेटरले सुमित्राका लागि विश्वका लीगमा कुरा गर्छु भनेकी छन्, उत्साही छौं’

एभरेष्ट महिला भलिबल लीगको उपाधि हासिल गरेपछि महिला भलिबलकी नवोदित खेलाडी सुमित्रा रेग्मी चर्चाको शिखरमा छिन् ।

गत शनिबार सम्पन्न लीगमा रेग्मीले नेतृत्व गरेको ‘कर्णाली यश्विज’ले उपाधि जित्यो ।

एसियामै पहिलोपटक भएको महिला भलिबल लीगले नेपालका महिला खेलाडीको ब्रान्डिङ पनि गरेको छ । 

‘कर्णाली यश्विज’बाट लीग खेल्न आएकी अमेरिकन खेलाडी ग्याब्रिएल बेन्डा (सेटर)को नजरमा परिन्, सुमित्रा । 

अग्लो कद र क्विक स्पाइकका कारण रेग्मीप्रति उनको नजर परेको हो ।

न्यू डायमन्ड स्पोर्ट एकेडमीका मुख्य प्रशिक्षक कुमार राईले सुमित्राको खेलको प्रशंसा गर्दै अमेरिकी खेलाडी बेन्डाले विश्वका अन्य लीगमा रिफर गर्ने बताएको लोकान्तरलाई जानकारी दिए । 

‘बेन्डाले मलाई सुमित्राको खेल एकदमै मन पर्‍यो, उनको भविष्य उज्ज्वल छ । म उसको सेटर भएर खेल्न चाहन्छु । नेपालको मात्र नभएर कुनै ठाउँको खेल्दा उनलाई रिफर गर्छु भनेर कुरा गरेकी छिन्,’ राईले लोकान्तरसँग भने, ‘सोमबार हामी यही कुरा गरेर छुटेका छौं । हाम्रा लागि धेरै खुसीको कुरा हो ।’ 

संखुवासभाको चैनपुर नगरपालिका– ९ त्रिशुलेमा जन्मिएकी सुमित्राले गत साउन तेस्रो साता नेपालमा भएको काभा वुमन्स भलिबलबाट राष्ट्रिय टीममा डेब्यु गरेकी हुन् ।

उनले न्यु डायमन्ड एकेडमीको तर्फबाट खेल्दै आएकी छिन् । 

हेर्नुहोस्, सुमित्राको भलिबल यात्राबारे प्रशिक्षक राई र खेलाडीसँग गरिएको भिडियो कुराकानी :

salt training

कमेन्ट गर्नुहोस्