०१ असार २०८३, सोमबार

कृत्रिम द्वीप बनाउने एसियाकै सबैभन्दा शक्तिशाली जहाज बनाउँदैछ चीन

कात्तिक २०, २०७४
कृत्रिम द्वीप बनाउने एसियाकै सबैभन्दा शक्तिशाली जहाज बनाउँदैछ चीन

बेइजिङ – चीनले आफ्नो रक्षा नीतिलाई लिएर कुनै कदम लिनुलाई सामान्य रुपमा लिने गरेको छ । यही क्रममा अब चीनले एउटा ठूलो जहाजलाई समुद्रमा उतार्न लागेको छ । यसलाई ‘म्याजिक आयरल्याण्ड मेकर’ को नाम दिइएको छ । यो एसियाको सबैभन्दा ठूलो जहाज हो । जहाजकै मद्दतबाट कृत्रिम द्वीपको निर्माण गर्न सकिन्छ । उक्त जहाज शुक्रवार पूर्वी जिआंगसु बन्दरगाहमा सार्वजनिक गरिएको हो ।

‘तिआनकुन हाओ’ नामक यो जहाज एक घण्टामा ६ हजार क्युबिक मिटर बराबरको पानी खियाउन सक्छ । पिपुल्स डेलीका अनुसार, ४ सय ६० फिट लम्बाई र २७.८ फिट चौडाइमा भएको पानीमुनिको चट्टानलाई टुक्राइ त्यहाँको बालुवा हटाएर कृत्रिम द्वीप निर्माण गर्न सक्छ । उक्त जहाजले समुद्रभित्र ११५ फिट गहिराइलाई पनि खन्न सक्छ ।

चिनियाँ समाचारका अनुसार आउँदो जून महिनामा यस जहाजको परीक्षण पूरा हुनेछ । त्यसपछि यो जहाज दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली जहाज हुनेछ । साथै यो जहाजले एक वर्षमा ९ कृत्रिम द्वीप निर्माण गर्न सक्छ । तर यो जहाज हालसम्मकै ठूलो भए पनि द्वीप निर्माण गर्ने यो पहिलो जहाज भने होइन ।

salt training

कमेन्ट गर्नुहोस्