२३ असार २०८३, मंगलबार

बाटैमा विमान ओरालेर यात्रुलाई भनियो, बस चढेर घर जाऊ

कात्तिक २०, २०७४
बाटैमा विमान ओरालेर यात्रुलाई भनियो, बस चढेर घर जाऊ

काठमाडौं, १९ कात्तिक — पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एक विमान शनिवार लाहौरमा अचानक ओर्लियो । त्यसपछि यात्रीहरूलाई बस चढेर यात्रा गर्नू भनियो ।


यात्रीहरूले यसो गर्न अस्वीकार गरेपछि प्लेनको एसी बन्द गरियो । उनीहरूलाई सास फेर्नै मुश्किल भयो ।

खासमा कुहिरोका कारण कम देखिएपछि विमानलाई अचानक लाहौर ल्यान्ड गरिएको थियो ।

जियो न्युजका अनुसार, पीआईएको विमान युएईको अबु धाबीबाट पञ्जाब प्रान्तमा रहेको रहीम यार खान विमानस्थलका लागि उडेको थियो । तर भिजिबिलिटी डाउन हुँदा लाहौरमा ल्यान्ड भयो ।

त्यसपछि विमान कर्मचारीहरूले यात्रीहरूलाई ठेगानामा पुग्नका लागि बस चढेर जान भने । यात्रीहरूले यो कुरा मानेनन् ।

लाहौरबाट रहीम यार खानको दूरी ६२४ किलोमिटर छ । यात्रीहरूले एयरलाइन्सलाई मुल्तान विमानस्थलमा छोड्न भनेका थिए । त्यो चाहिँ रहीम खानबाट २९२ किलोमिटर पर छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्