महोत्तरी, १९ कात्तिक– नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने भएको छ ।
ठाकुरलाई सहयोग गर्न नेपाली कांग्रेसले आफ्ना उम्मेदवार बजरंगी नेपालीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
मण्डल महोत्तरी ३ बाट समाजवादी फोरम र राजपाका संयुक्त उम्मेदवार हुन् ।
नेपाली कांग्रैसले प्रदेश नम्बर दुईमा तराई केन्द्रीत दलहरुसँग तालमेलको प्रयास गरेको भएपनि अन्तिम समयमा आएर रोकिएको थियो ।