११ असार २०८३, बिहीबार

लोहनी नेतृत्वको एराप्रपाले काठमाडौँ १ मा कांग्रेस (बिपी)का हरिबोल भट्टराईलाई मतदान गर्ने 

कात्तिक २०, २०७४
लोहनी नेतृत्वको एराप्रपाले काठमाडौँ  १ मा कांग्रेस (बिपी)का हरिबोल भट्टराईलाई मतदान गर्ने 
काठमाडौँ, १९ कात्तिक - एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाली काँग्रेस (बिपी) बीच राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन गर्ने सहमति भएको छ ।

नेपाली काँग्रेस (बिपी) ले आफ्नो पक्षको समानुपातिक मत एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको चारकुने हलोमा दिने सहमति भएको एराप्रपाका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी एराप्रपाले काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधि सभा उम्मेदवार एवं नेका (बिपी) का सभापति हरिबोल भट्टराईलाई मतदान गर्ने भएको छ ।

आगामी मंसिरमा हुने चुनावपछि दुवै पार्टी एकीकरण गरी बृहत्तर राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने विषयमा सहमत भएको पाण्डेले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्