२९ जेठ २०८३, शुक्रबार

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने

कात्तिक १७, २०८१
काठमाडौं
साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने

साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ ।

चालिसे विभिन्न साहित्यिक संस्थामा समेत सक्रिय छन् । रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उनी महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष हुन्।

उनका दर्जनौं साहित्यिक कृति प्रकाशित भइसकेका छन् । हालै उनको वैदिक दर्शनमा आधारित ‘युगसन्धि’ उपन्यास सार्वजनिक भएको छ ।

यही कात्तिक ३० गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औं जन्मजयन्ती तथा कवि केदारमान व्यथितको जन्मजयन्तीका अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा उक्त सम्मान अर्पण गरिने सदनले जनाएको हो ।

गत वर्ष यो सम्मान प्रा अभि सुवेदीलाई प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्