२३ जेठ २०८३, शनिबार

'पूर्णबहादुरको सारङ्गी' हेर्ने समय मिलेको छैन, अनुकूल मिलाएर हेर्छु : प्रधानमन्त्री ओली

कात्तिक २०, २०८१
काठमाडौं
'पूर्णबहादुरको सारङ्गी' हेर्ने समय मिलेको छैन, अनुकूल मिलाएर हेर्छु : प्रधानमन्त्री ओली

​प्रधानमन्त्री केपी शर्मा ओलीले समय मिलाएर चलचित्र 'पूर्णबहादुरको सारङ्गी' हेर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले फिल्मका निर्माता र कलाकारहरूलाई बधाई दिँदै चलचित्र हेर्ने बताएका हुन् ।

'पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न निम्तो आएको छ। तर समय अभावले हेर्न पाएको छैन। फिल्मको समीक्षा हेर्दैगर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यावसायिकताको अन्तर द्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु,' उनले लेखेका छन्, 'अनुकूलता मिले फिल्म हेर्ने छु। फिल्मका निर्माता र कलाकारहरूलाई बधाई !'

अभिनेता विजय बराल ‘पूर्णबहादुरको सारङ्गी’मा पहिलोपटक शीर्ष भूमिकामा देखिएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्