०९ साउन २०८३, शनिबार

लुम्बिनी-दिल्ली यात्राका लागि ​सिप्रदी ट्रेडिङले हस्तान्तरण गर्‍यो १० वटा बस

कात्तिक २०, २०८१
काठमाडौं
लुम्बिनी-दिल्ली यात्राका लागि ​सिप्रदी ट्रेडिङले हस्तान्तरण गर्‍यो १० वटा बस

लुम्बिनी प्रदेशबाट भारतको नयाँदिल्ली यात्राका लागि ​सिप्रदी ट्रेडिङले अत्याधुनिक र सुविधासम्पन्न १० वटा बस यातायात कम्पनीलाई हस्तान्तरण गरेको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदीले मंगलबार एक कार्यक्रमबीच त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई उक्त बसहरू  हस्तान्तरण गरेको हो । 

पत्थरडाँडा रुपन्देहीमा हस्तान्तरण गरिएका टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना बस अत्याधुनिक र सुविधासम्पन्न रहेका कम्पनीले जनाएको छ ।

त्रिशक्ति पशुपति दर्शन, पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।​​

null

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरू अझै बढाउने योजना रहेको बताए ।​

टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना ​बसमा अत्याधुनिक प्रविधि र बीएस६ BS6 मानक प्रयोग भएको छ ।

विशेष फिल्टरले कण उत्सर्जन घटाउने कम्पनीको दाबी छ । यस्तै आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउने छ ।​

बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउने र एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्ने कम्पनीले जानकारी दिएको छ । 

यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ।

null

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले अन्तरदेशीय यात्राले दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता बढ्ने बताए ।

'अत्याधुनिक बीएस६ इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रूपमा तयार पारिएका गाडीहरूले पर्यटकीय विकासमा विशेष टेवा पुग्नेछ । ​अन्तरदेशीय यात्रा सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ,' उनले भने ।

यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यवसायीको भनाइ रहेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्