०५ साउन २०८३, मंगलबार

आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा

साउन ४, २०८३
काठमाडौं
आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होण्डाका पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न 'नि:शुल्क सेफ्टी रिकल अभियान' सञ्चालनमा ल्याएको छ ।

यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन्।

जसमा सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्दछन् ।

null

ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होण्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा नि:शुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्ने छैन।

सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होण्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ।

null

salt training

कमेन्ट गर्नुहोस्