२३ जेठ २०८३, शनिबार

वकिलको मोबाइलबाट आएको थियो शाहरुखलाई ज्यान मार्ने धम्की !

कात्तिक २३, २०८१
काठमाडौं
वकिलको मोबाइलबाट आएको थियो शाहरुखलाई ज्यान मार्ने धम्की !

भारतीय अभिनेता शाहरुख खानलाई एक जना वकिलको मोबाइल नम्बरबाट ज्यान मार्ने धम्की आएको खुलेको छ । शाहरुखलाई केही दिन पहिले ज्यान मार्ने धम्की आएको थियो । ती व्यक्तिले शाहरुखसँग ५० लाख भारतीय रूपैयाँ समेत मागेका थिए । 

आफूलाई ज्यान मार्ने धम्की आएपछि शाहरुखका तर्फबाट मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । त्यसपछि अनुसन्धान थालेको प्रहरीले शाहरुखलाई फैजान नाम गरेका एकजना वकिलको मोबाइल नम्बरबाट धम्की दिइएको पत्ता लगाएको हो । प्रहरीले ती वकिलसँग पनि घटनाबारे सोधपुछ गरेको छ । 

तर, प्रहरीसँगको बयानमा ती वकिल यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बरु आफ्नो मोबाइल चोरी भएको बताएका छन् ।

पछिल्लो हप्ता आफ्नो जुन मोबाइल चोरी भएको थियो, त्यसैबाट शाहरुखलाई धम्की दिइएको उनले खुलाएका छन् । यद्यपि, यसबारे प्रहरीले उनीसँग थप सोधपुछ र अनुसन्धान गरिरहेको छ । 

चोरी भएको मोबाइलबाट शाहरुखलाई धम्की दिएर आफूविरुद्ध षडयन्त्र गरिएको फैजानको दाबी छ । 

बान्द्रा प्रहरीले भारतीय न्याय संहिता (बीएनएस)को धारा ३०८ को उपधारा ४ र धारा ३५१ को उपाधारा ४ अनुसार मुद्दा अघि बढाएको छ । 

यसअघि अर्का भारतीय अभिनेता सलमान खानलाई पनि पटक पटक ज्यान मार्ने धम्की आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्