२७ असार २०८३, शनिबार

तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कद्वारा ५० अर्बको उपकरण जारी

कात्तिक २५, २०८१
काठमाडौं
तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कद्वारा ५० अर्बको उपकरण जारी

बैङ्क तथा वित्तीय संस्थासँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । 

तरलता व्यवस्थापन गर्न आइतबार राष्ट्र बैङ्कले ५० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।
 
बैङ्कमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैङ्कले २१ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्न लागेको हो । 

जसको बोलकबोल आज आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ । 

आइतबार २ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जानेगरी आवेदन दिन सक्नेछन् । 

उपकरणको ब्याजदर बोलकबोलमार्फत् नै निर्धारण हुनेछ भने सावाँ तथा ब्याज भुक्तानी मंसिर १६ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्