२९ जेठ २०८३, शुक्रबार

१२ वर्ष पुरानो कारको 'अन्तिम संस्कार': १५ सय 'मलामी', बिदाइमा मालिकले गरे ४ लाख खर्च [भिडियो]

कात्तिक २५, २०८१
काठमाडौं
१२ वर्ष पुरानो कारको 'अन्तिम संस्कार': १५ सय 'मलामी', बिदाइमा मालिकले गरे ४ लाख खर्च [भिडियो]

हिन्दु धर्माबलम्बीमा मानिसको मृत्युपछि दाहसंस्कार गर्ने चलत त पुरानै हो । हिन्दु संस्कारमा मानिसको मृत्युपछि घाटमा लगेर अन्त्यष्टि गरिन्छ । 

तर, एउटा कारको अन्तिम संस्कार गरेको सुन्नुभएको छ ? भारतको गुजरातमा एउटा यस्तै घटना भएको छ । 

आफूले औधी माया गरेको कारलाई हिन्दु संस्कारअनुसार एउटा खाल्डोमा गाड्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 
जसमा जेसीबीको सहयोगमा १५ फिट गहिरो खाडल खनेको देखिन्छ । कोही त्यो खाडलमा ओर्लिएर पूजा गरिरहेका छन् । मन्त्र जपिरहेका छन् । त्यसपछि फूल र मालाले भरिएको हरियो कपडाले बेरिएको कार आउँछ । त्यो खाडलमा तल लगिन्छ । अनि त्यहीँ गाडिन्छ र कारको 'अन्तिम संस्कार' पूरा हुन्छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार घटना गुजरातको अमरेली जिल्लाको हो । यहाँ एक परिवारले आफ्नो १२ वर्ष पुरानो कारको पूर्ण धार्मिक अनुष्ठानका साथ अन्तिम संस्कार गरेका हुन् । 

गाडीलाई बिदाइ गर्न करिब डेढ हजार मानिस आएका थिए । कार्यक्रममा कार मालिकले चार लाख रुपैयाँ खर्च गरेको समाचारमा उल्लेख छ । 

कारका मालिक सञ्जय पालोरा हुन् । उनी सुरतमा निर्माण व्यवसाय गर्छन् । आफ्नो परिवारको उन्नतिमा गाडीको ठूलो योगदान रहेको उनले बताए । 

'मैले करिब १२ वर्षअघि यो कार किनेको थिएँ र यसले परिवारमा समृद्धि ल्याएको थियो । हामीले व्यापारमा ठूलो सफलता पाएका छौं । हाम्रो सामाजिक स्थितिमा सुधार आएको छ। यो कार हाम्रो परिवारको लागि धेरै भाग्यशाली साबित भयो। त्यसैले यसलाई बेच्नुको सट्टा हामीले यसलाई श्रद्धांजलिको रूपमा गाड्ने निर्णय गरेका हौं,' कार मालिक सञ्जय पालोराले भने ।

 

 

salt training

कमेन्ट गर्नुहोस्