
नायिका प्रियंका कार्की चलचित्र 'हरिबहादुरको जुत्ता'मा जोडिएकी छन् ।
चलचित्रका निर्देशक दीपेन्द्र कुमार खनालले आइतबार प्रियंका चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन्। 'लामो समयपछि फेरि प्रियंका कार्कीसँग 'हरिबहादुरको जुत्ता'मार्फत जोडिएको छु', निर्देशक खनालले भने ।
यसअघि यसै चलचित्रमा शुक्रबार नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गराइएको थियो।
उक्त चलचित्रमा यसअघि कलाकार हरिवंश आचार्य र प्रकाश सपुत अनुबन्ध भइसकेका छन्। एसएम मोसन पिक्चर्सको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा कलाकार अनुबन्ध हुने क्रम जारी छ । चलचित्र छिट्टै फ्लोरमा जाने बताइएको छ ।
गायक तथा म्युजिक भिडिओ निर्माता सरोज ओलीले निर्माण गर्ने यस फिल्मको बजेट एक करोड ५० लाख रुपैयाँ रहने बताइएको छ। फिल्मको पटकथा तथा संवाद कलाकार हरिवंश आचार्यले लेखेका हुन्।