२९ जेठ २०८३, शुक्रबार

नागढुङ्गा सुरुङमार्गको सिस्ने खोलामा यातायात आंशिक रूपमा बन्द हुने

कात्तिक २७, २०८१
काठमाडौं
नागढुङ्गा सुरुङमार्गको सिस्ने खोलामा यातायात आंशिक रूपमा बन्द हुने

काठमाडौं भित्रिने मुख्य सडक त्रिभुवन राजमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द हुने छ । 

नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आशिंक रूपमा बन्द हुन लागेको हो । 

यो अवधिमा हरेक दिन सडकखण्ड २० मिनेट बन्द र २० मिनेट खुला हुने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधनलाई आशिंक रूपमा रोक लगाइएको हो । 

कमेन्ट गर्नुहोस्