२९ जेठ २०८३, शुक्रबार

रक्सीले मातेका बेहुला र उनका बुवाले हंगामा गरेपछि बिहे नै रद्द

कात्तिक २९, २०८१
काठमाडौं
रक्सीले मातेका बेहुला र उनका बुवाले हंगामा गरेपछि बिहे नै रद्द

बिहेमा बेहुला नै मदिराले मातेर गएपछि एउटा बिहे रद्द भएको छ । बेहुला मात्रै होइन उनका बुवा पनि रक्सीले मातेर बिहेमा पुगेका थिए । घटना भारतको प्रतापगढ हो । 

भारतीय सञ्चार माध्यम आजतकका अनुसार घटना प्रतापगढको कांधाई थाना क्षेत्रको हो । सञ्जय नामका व्यक्तिले आफ्नी छोरीको विवाह करणपुर खुजी गाउँका तोताराम उर्फ ​​अनीस कुमारसँग तय गरेका थिए । 

गत सोमबार साँझ जन्ती गाउँमा पुगेको थियो । तर बेहुला अर्थात् तोताराम रक्सी खाएर बिहेमा पुगे । बेहुलासँगै उनका बुवा पनि रक्सीले मातेका थिए । मदिराको नशामा दुवैले निकै हंगामा मच्चाएका थिए । 

जब दुलहीलाई यो कुरा थाहा भयो तब उनले बिहे गर्न अस्वीकार गरिन् । बाबुले पनि छोरीलाई साथ दिए । रातभर बेहुलीलाई मनाउने प्रयास जारी रहे उनी मानिनन् ।

भोलिपल्ट अर्थात मंगलबार बिहान युवतीका तर्फबाट बिहेमा खर्च भएको रकमको माग गरिएको थियो । तर, बेहुला पक्षले पैसा दिन मानेनन् । यसपछि बेहुला र उनका बुवालाई बन्धक बनाइएको थियो । 

प्रहरीलाई खबर पुगेपछि उनीहरू घटनास्थलमा पुगेर सहमतिको प्रयास गरेका थिए । पञ्चायत बस्यो र प्रहरीको हस्तक्षेपका कारण केटा पक्षले केटीको परिवारलाई ९५ हजार रुपैयाँ तिर्नुपर्ने भयो । 

पैसा तिरेपछि बेहुला र उनका बुवा घर फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्