२७ असार २०८३, शनिबार

ट्वाइलेट जाँदा कमोडमा १० मिनेटभन्दा बढी बस्नुहुन्छ? तपाईंलाई आउन सक्छ यस्तो समस्या

कात्तिक २९, २०८१
काठमाडौं
ट्वाइलेट जाँदा कमोडमा १० मिनेटभन्दा बढी बस्नुहुन्छ? तपाईंलाई आउन सक्छ यस्तो समस्या

धेरैजसो मानिसहरू ट्वाइलेटभित्र बसेर कि मोबाइल चलाइरहेका हुन्छन् कि अखबार पढिरहेका हुन्छन्। कोही चुरोट सेवन गरिरहेका हुन्छन् । दुनियाँमा यस्ता मानिसको कमी छैन । 

तर, तपाईंलाई थाहा छैन होला कि यसरी शौचालयको कमोडमा बसेर १० मिनेटभन्दा धेरै समय व्यतीत गर्दा तपाईंलाई विभिन्न समस्या आउन सक्छ । यसका जानकारहरूले भनेका छन् कि, कमोडमा त्यति लामो समय बस्दै नबस्नुहोस् । 

युनिभर्सिटी अफ टेक्सस साउथवेस्टर्न मेडिकल सेन्टरका कोलोरेक्टल सर्जन डा लाई जूले यस्तो आदत स्वास्थ्यका लागि खतरनाक रहेको बताएका छन् । उनका अनुसार यसले मसल्समा समस्या निम्त्याउँछ । उनले आफूकहाँ आएका धेरैजसो बिरामीहरू कमोडमा धेरै समय बिताउनेवाला रहेका उल्लेख गरेका छन् । 

स्टोनी ब्रुक मेडिसिनका मेडिसिन असिस्टेन्ट प्रोफेसर डा फराह मोन्जुरले पनि कमोडमा ५/१० मिनेटभन्दा बढी समय बिताउन नहुने सुझाएका छन् । लामो समय यसरी बस्दा पेल्विक एरियामा दबाब बढ्छ । जसले घुँडाको मसल्स कमजोर बनाउँछ । यति मात्र नभएर नसाको पनि समस्या आउने उनले बताएका छन्  । रगतको सर्कुलेसनमा समेत समस्या आउन सक्ने उनको भनाइ छ । 

ट्वाइलेटमा बसेर मोबाइल चलाउने व्यक्तिले समयको ध्यान दिँदैनन् । उनीहरूले कति समय बित्यो भन्ने ख्याल गर्दैनन् । उनीहरू बस्दा बस्दा मसल्समा दबाब बढ्दै जान्छ । 

'आजकाल हामीले यस्ता बिरामीको संख्या द्रुत गतिमा बढिरहेको देखेका छौं । यसले एनोरेक्टल अर्गान र पेल्विक फ्लोरमा जटिल समस्या आउँछ', प्रोफेसर डा मोन्जुरले भनेका छन् ।

त्यसैले चर्पी जाँदा मोबाइल र अखबारहरू लैजान नहुने उनको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्