१७ असार २०८३, बुधबार

आजदेखि २० वटा हलमा पूर्णबहादुरको सारंगी नचल्ने

मंसिर १, २०८१
काठमाडौं
आजदेखि २० वटा हलमा पूर्णबहादुरको सारंगी नचल्ने

अहिलेको ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फिल्म विभिन्न २० वटा हलबाट उतारिएको छ । 

  निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै  मोफसलका विभिन्न २० हलबाट आजदेखि फिल्म उतार्ने निर्णय गरेका हुन् ।  

शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले  यसबारे जानकारी दिएको हो ।

विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हल, बुटवलको द्धारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशुली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुत्री हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा फिल्म उतार्ने विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्