२४ असार २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंसिर ५, २०८१
काठमाडौं
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-२ आँपगाछीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

इटहरीबाट धरानतर्फ छुटेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२ का २४ वर्षीय निराज बजगाईंको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्