२१ असार २०८३, आइतबार

वर्षाजन्य विपद्को जोखिमका कारण कान्ति लोकपथ रातको समयमा बन्द

असार १८, २०८३
काठमाडौं
वर्षाजन्य विपद्को जोखिमका कारण कान्ति लोकपथ रातको समयमा बन्द

वर्षायाममा हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै मनसुन सक्रिय रहेकाले कुनै पनि समयमा विपद्को अवस्था सिर्जना हुन सक्ने जनाएको छ । 

त्यसैले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली सञ्चालन हुने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन बिहीबारदेखि रातको समयमा १२ घण्टा सञ्चालनमा रोक लगाइएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल घिमिरेले जनाएकी छन् । 

कान्ति लोकपथका अधिकांश सडकखण्ड भौगोलिक तथा भू–गर्भीय रूपमा जोखिमयुक्त रहेकाले वर्षायाममा पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहन्छ । 

जिल्ला प्रशासनले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह  समेत गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्