०२ असार २०८३, मंगलबार

स्वास्थ्य सम्बन्धी नियमावली स्वीकृत गर्ने बागमती प्रदेश सरकारको निर्णय

मंसिर ६, २०८१
काठमाडौं
स्वास्थ्य सम्बन्धी नियमावली स्वीकृत गर्ने बागमती प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई नियमावलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।   

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार उक्त बैठकले निजामति सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अधिकृतलाई कामकाजमा खटाउने, परियोजना सम्झौता (प्रोजेक्ट एग्रिमेन्ट)मा राय/सहमति प्रदान गर्ने र राय/सहमतिमा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्