२४ जेठ २०८३, आइतबार

बालबालिकाको संगतप्रति चिन्तित हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय

मंसिर ८, २०८१
काठमाडौं
बालबालिकाको संगतप्रति चिन्तित हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय

हरेक अभिभावकहरूको मुख्य चिन्ता भनेकै आफ्ना बालबालिका कुनै गलत संगतमा परेर नबिग्रिऊन् भन्ने हुन्छ। यो विशेषगरी विद्यालय उमेरका बालबालिकामा थप चुनौतीपूर्ण देखिन्छ। 

यस समयमा बालबालिकाले नयाँ साथी बनाउँछन् र यिनै सम्बन्धहरूले उनीहरूको व्यक्तित्व र व्यवहारमा गहिरो प्रभाव पार्न सक्छ। यदि बालबालिका गलत संगतमा फसे भने यसको नकारात्मक प्रभाव उनीहरूको जीवनभर रहन सक्छ।

बालबालिकाको संगतका बारेमा सचेत रहँदै सही दृष्टिकोण अपनाएमा उनीहरूलाई गलत बाटोमा जानबाट जोगाउन सकिन्छ। यहाँ केही सरल प्रभावकारी उपायहरू प्रस्तुत गरिएको छ। जसले तपाईंलाई आफ्ना बालबालिकालाई सही मार्गमा हिँडाउन प्रेरित गर्नेछ। के हुन् त ती उपाय?  पढ्नुहोस्

बालबालिकाका साथीहरूबारे राम्रोसँग जानकार बन्नुहोस्
सन्तानलाई गलत संगतबाट जोगाउनका लागि उनीहरूका साथीहरूको बारेमा जानकारी राख्नु आवश्यक छ। बालबालिकाको मित्रता कस्ता व्यक्तिसँग छ भन्ने कुरा बुझ्नुस्। यसका लागि उनीहरूका साथीहरूलाई नजिकबाट चिन्ने प्रयास गर्नुहोस्।

घरमा कार्यक्रमहरू जस्तै; जन्मदिन पार्टी वा सामान्य जमघट आयोजना गरेर बालबालिकाका साथीहरूलाई भेट्ने अवसर सिर्जना गर्न सकिन्छ। यसले अभिभावकलाई बालबालिकाका साथीहरूको स्वभाव र प्रभाव बुझ्न सजिलो बनाउँछ।

अत्यधिक कडा व्यवहार नगर्नुहोस्
संवेदनशील बालबालिकाहरूसँग कठोर व्यवहार गर्दा नकारात्मक प्रभाव पर्न सक्छ। यस्तो अवस्थामा नरम र समझदारीपूर्ण दृष्टिकोण अपनाउनु राम्रो हुन्छ। बालबालिकालाई मायाले सम्झाएमा उनीहरूले सहज रूपमा कुरा बुझ्ने सम्भावना धेरै हुन्छ। कडाइले सम्बन्ध बिगार्न सक्छ र उनीहरूलाई तपाईंबाट टाढा पुर्‍याउन सक्छ।

आफैं बालबालिकाको साथी बन्नुहोस्
बालबालिकाले बाहिर साथी बनाउनु स्वाभाविक हो। तर, अभिभावकले उनीहरूलाई पर्याप्त समय दिन नसकेमा बालबालिकामा एक्लोपनको भावना विकसित हुन सक्छ। यस्तो अवस्थामा उनीहरू बाहिरी वातावरणतर्फ बढी आकर्षित हुने गर्छन्।

यसलाई रोक्न अभिभावक आफैं बालबालिकाका साथी बन्नुपर्छ। जब बालबालिकाले आफ्ना हरेक भावना र विचार सहज रूपमा अभिभावकसँग बाँड्न सक्छन्, तब उनीहरूलाई बाहिरी गलत प्रभावबाट बचाउन सकिन्छ।

बालबालिकालाई पर्याप्त समय दिनुहोस्
बालबालिकाको विश्वास जित्न र उनीहरूलाई गलत संगतबाट जोगाउनका लागि उनीहरूसँग पर्याप्त समय बिताउनु महत्त्वपूर्ण छ। यसले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई बलियो बनाउँछ। साथै, यसले बालबालिकालाई आफ्ना समस्या खुलस्त गर्न र सही निर्णय लिन सहयोग पुर्‍याउँछ।

बालबालिकाको संगतले उनीहरूको भविष्यको बाटो निर्धारण गर्छ। त्यसैले अभिभावकले आफ्ना सन्तानको गतिविधि, साथीहरू र मनोदशामा सतर्कता अपनाउनु आवश्यक छ। प्रेम, समय र संवादको माध्यमबाट अभिभावकले बालबालिकाको मार्गदर्शन गरी उनीहरूको जीवनलाई उज्यालो दिशामा अघि बढाउन सकिन्छ।

बालबालिकाको सुदृढ भविष्य सुनिश्चित गर्न अभिभावकको माया, समय र समझदारी नै सबैभन्दा महत्त्वपूर्ण माध्यम हो। - एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्