२३ जेठ २०८३, शनिबार

लगनगाँठो कस्दै गायिका स्मिता दाहाल

मंसिर १०, २०८१
काठमाडौं
लगनगाँठो कस्दै गायिका स्मिता दाहाल

गायिका स्मिता दाहाल विवाह सम्बन्धमा जोडिने भएकी छन्। उनले यही मंसिर २१ गते लगनगाँठो कस्ने बताइएको छ। 

स्मिताले काठमाडौं बबरहमलका २७ वर्षीय सायुज्य श्रेष्ठसँग बिहे गर्न लागेकी हुन्। २६ वर्षीया स्मिताले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामको रिल्समा एक भिडियो जारी गर्दै आफ्ना प्रेमीबारे जानकारी गराएकी छन्। स्मिताले सायुज्यलाई शुरूमा साथी, त्यसपछि प्रेमी हुँदै अब सधैँका लागि आफ्नो हुन लागेको बताएकी छन् ।

यी दुईबीच इन्गेजमेन्ट भइसकेको छ ।  स्मिताले आफूहरू विद्यालय समयदेखि नै प्रेम सबन्धमा रहेको बताएकी छन्। 

व्यवसायी समेत रहेका सायुज्यले एमबीए अध्ययन गरेका छन् । स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् । 

स्मिता  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

थप तस्वीर हेर्नुहोस् :
null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्