
'स्वास्थ्य पहुँच समयमा, सबैमा' नाराका साथ विगत २ वर्षदेखि सञ्चालनमा रहेको डक्टर्स हब नेपालले भनिमण्डल ललितपुरमा रहेको मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरसँग सहकार्य गरेको छ।
दुई संस्थाबीच भएको सम्झौताअन्तर्गत भेटेरै सेवा लिन चाहने सेवाग्राहीहरूका लागि डक्टर्स हब नेपालका प्रतिनिधि विशेषज्ञहरू मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न समय तालिका अनुसार उपलब्ध रहनेछन् ।
स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा बनाइएका पोडकास्ट र अनलाइन सामग्रीले प्रभावित भएर प्रत्यक्ष रूपमा विशेषज्ञ भेट्न र सेवा-सल्लाह लिन चाहने सेवाग्राहीको लागि यो सेवा विस्तार गरिएको सीईओ विज्ञान गुप्ताले बताए ।
'विशेषतः एउटै अनलाइन प्लाटफर्ममार्फत विभिन्न रोग तथा स्वास्थ्य सेवाको जानकारी दिने, विभिन्न हस्पिटलमा कार्यरत विशेषज्ञसँग एकै ठाउँबाट अप्वाइन्टमेन्ट मिलाइदिने, कुनै समस्या भएपछि त्यसका लागि कुन डाक्टर भेट्ने, कहाँ जाने भनेर थाहा नभएकालाई सल्लाह दिई अप्वाइन्टमेन्ट दिलाउने साथै टाढा भएका वा फुर्सद नमिल्ने व्यक्तिका लागि अनलाइन परामर्श गराइदिने उद्देश्यका साथ डक्टर्स हब नेपालको शुरूआत भए पनि सेवाग्राहीले डक्टर्स हब नेपालकै क्लिनिक/हस्पिटल आउन चाहेको कारण पनि यो सहकार्य गरेका हौं र आगामी दिनमा आधुनिक सेवासुविधा दिने यस्तै क्लिनिक/हस्पिटलको सहकार्यमा थप गाउँ-शहरमा पनि विस्तार गर्नेछौं,' सीईओ गुप्ताले भने ।
डक्टर्स हब नेपालले हाल अनलाइन परामर्शका साथै विभिन्न क्लिनिक/हस्पिटलमा अप्वाइन्टमेन्ट गराइदिने कार्य गरिरहेको छ ।
भविष्यमा घरमै डाक्टर/निर्सिंग/फिजियो सुविधा उपलब्ध गराउने, अनलाइन फार्मेसी सञ्चालन गर्ने र स्वास्थ्यसँग सम्बन्धित विभिन्न वस्तु पनि विभिन्न सेवाप्रदायकको सहकार्यमा आफ्नै प्लटफर्ममार्फत् उपलब्ध गराउने उद्देश्य डक्टर्सले लिएको छ।
doctorshubnepal वा ९७०२६९७०२७ बाट थप जानकारी र सेवासुविधा प्राप्त गर्न सकिने छ।