२४ असार २०८३, बुधबार

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

मंसिर १५, २०८१
काठमाडौं
हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

नेपालकै एफएमजीसीमा अग्रणी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग सहकार्य गरेको छ ।

क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो ।

क्रिकेटमार्फत सम्पूर्ण युवाहरूलाई फिटनेश र टिमवर्कप्रति जागरूक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनीको सदैव सहयोग रहनेछ ।​

हाइलाइफका विभिन्न खाद्य वस्तुहरूमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरूलाई जोड्नसमेत यस कम्पनीको ब्रान्डहरूको विशेष भूमिका रहेको छ । 

खाजा होस् या खाना हरेकको भान्छामा यसका उत्पादनहरू प्रयोग भइ नै रहेका छन् ।

व्यस्त र आधुनिक जीवनशैली अनुसार ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र प्याकेजिङलाई प्राथमिकता दिनु नै यस कम्पनीको विशेषता हो ।​​

हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्यहरू उत्पादन तथा आयात गरि बजारीकरण समेत गर्दै आएको छ ।

कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरूमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै शहरहरूका साथै विदेशमा हङकङ, मकाउलगायतका देशहरूमा विक्री वितरण हुँदै आइरहेको भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्