
नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्स्पेङको पोखरामा भव्य रूपमा लञ्च गरेको छ ।
सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। यो लञ्चले नेपालमा एक्स्पेङको उपस्थिति थप विस्तार गरेको छ । जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ।
अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै एक्स्पेङ ब्रान्डको परिचय गराए। साथै, सीजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजना प्रस्तुत गरे ।

उद्घाटनका क्रममा, अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयूभी पनि हस्तान्तरण गरेको छ।
यस लञ्च कार्यक्रममा एक्स्पेङको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षणमा ५- स्टार रेटिङ प्राप्त गरेको छ। यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०:५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी, र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाउँछ।
सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । साथै सीजी मोटर्सले चौबिसै घण्टा सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ।
पोखराका ग्राहकहरूले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्नेछन्। सीजी मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको जनाएको छ ।
