
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ऐतिहासिक पहिलो सिजनलाई लक्षित गरे सामसङले नयाँ अफर ल्याएको छ । स्टेडियममा पुगेर क्रिकेट हेर्न नपाएका दर्शकका लागि सामसङले आफ्नो नवीनतम टिभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ।
यस अफरमा क्यूएलईडी टिभी, क्रिस्टल यूएचडी ४के टिभी र एफएचडी टिभीको इमर्सिभ रेन्ज पनि समावेश गरिएको छ। ग्राहकहरूलाई १२ महिनाको अवधिमा शून्य प्रतिशत ब्याजदरमा आफ्नो मनपर्ने टिभी सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश रहेको कम्पनीले जनाएको छ ।
यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्नेछन्। एक्सचेन्ज पार्टनर (आर्कोस्टोर डटकम) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ।
आउँदो पुस १६ गतेससम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभरी उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।