२८ जेठ २०८३, बिहीबार

चलचित्र 'पूर्णबहादुरको सारङ्गी' सोमबारबाट हलबाट उतार्ने घोषणा

मंसिर २२, २०८१
काठमाडौं
चलचित्र 'पूर्णबहादुरको सारङ्गी' सोमबारबाट हलबाट उतार्ने घोषणा

चलचित्र 'पूर्णबहादुरको सारङ्गी' सोमबारबाट सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ ।

सेभेन सिज सिनेमा परिवारले शनिबार एक विज्ञप्ति जारी गर्दै चलचित्र 'पूर्णबहादुरको सारङ्गी' यही मंसिर २४ गतेदेखि सिनेमा हलहरूमा प्रदर्शन नगर्ने घोषणा गरेको छ।

चलचित्रलाई सिनेमा घरहरूले देखाएको समर्थन र दर्शकको मायाका लागि आभार प्रकट गर्दै निर्माण पक्षले पछिल्लो समय  सिनेमा घरहरूको नजरअन्दाजका कारण विद्रोहको स्थितिमा पुग्नुपरेको सेभेन सिज सिनेमाले जनाएको छ।

चलचित्रलाई केही हलहरूले समर्थन नगरेका कारण यस्तो निर्णय लिन बाध्य भएको निर्माण टोलीले उल्लेख गरेको छ।

दर्शकलाई यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै निर्माण टोलीले आगामी दिनमा उच्चस्तरीय मनोरञ्जन दिने वाचा गरेको छ।

निर्माण पक्षले दर्शकको निरन्तर माया र सहयोगकै कारण चलचित्रले ऐतिहासिक सफलता पाएकोमा आभार व्यक्त गर्दै भविष्यमा अझ राम्रो प्रस्तुति ल्याउने प्रतिबद्धता जनाएको छ।

पूर्णबहादुरको सारङ्गी अब हलमा हेर्न नसकिने भए पनि अर्को प्रोजेक्टमार्फत दर्शकलाई मनोरञ्जन दिन प्रयास गरिने सेभेन सिज सिनेमाले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्