२९ जेठ २०८३, शुक्रबार

१५० जन्ती लिएर हिँडेका बेहुलाले न बेहुली भेटे न घर, अधुरै रह्यो बिहे गर्ने धोको !

मंसिर २४, २०८१
काठमाडौं
१५० जन्ती लिएर हिँडेका बेहुलाले न बेहुली भेटे न घर, अधुरै रह्यो बिहे गर्ने धोको !

बिहेको सबै तयारी भयो । बेहुला दीपक तयार भए । जन्ती जानेहरू पनि तम्तयार भएपछि दुलही लिन टोली हिँड्यो । दीपक भारतको पञ्जाब निवासी हुन् । 

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार केही दिनअघि दुबईबाट आएका २४ वर्षीय दीपक १५० जनाको जुलुस लिएर बिहे गर्न हिँडेका थिए । 

६ डिसेम्बरको दिउँसो जलन्धरको मण्डियाली गाउँका मनप्रीत कौरसँग उनको विवाह तय भएको थियो । फूलले सजाइएको कार र सयौं जन्तीको जुलुस लिएर उनी मण्डियाली पुगे । तर, गाउँमा उनले न दुलही भेटे र उनको घर र परिवार नै । 

तर, त्यहाँ गएपछि बेहुलीले बिहेको लागि बोलाएको ठेगानामा त्यस्तो ठाउँ नभएको थाहा पाए । दुलही र उनको परिवारका सदस्यहरू फेला नै परेनन् । दुलहीलाई फोन गर्दा परिवारका मानिसहरू आउँदैछन् भन्ने जवाफ आयो । दिउँसै गाउँ पुगेका उनीहरू साँझसम्म पर्खिए तर, कोही आएन । 

त्यसपछि दुलहीले आफ्नो फोन स्वीच अफ गरिन् । अन्ततः ५ घण्टाको पर्खाइपछि बेहुला दीपक र उनको परिवारले बेहुली र उनको परिवारविरुद्ध स्थानीय प्रहरी चौकीमा ठगीको उजुरी दिए ।

समाचारका अनुसार दीपक दुबईमा मजदुरको काम गर्छन् । उनले मनप्रीतलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा भेटेका थिए। दुवै तीन वर्षदेखि एकअर्कासँग सम्बन्धमा थिए । 

तर, उनीहरू कहिल्यै भेटेका थिएनन् । उनीहरूबीच फोन र सामाजिक सञ्जालमा मात्रै कुराकानी भएको थियो । 

लामो समय कुरा गरेपछि दुवैले विवाह गर्ने निर्णय गरेका थिए । दुवैको परिवारले पनि फोनमा कुरा गरेर सम्बन्धलाई अन्तिम रूप दिएका थिए । 

तर, जब दीपक आफ्नो बिहेको जन्ती लिएर आइपुगे, तब उनलाई धोका भयो ।

salt training

कमेन्ट गर्नुहोस्