३० असार २०८३, मंगलबार

६ लाख भ्रष्ट्राचारका आरोपीलाई विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

मंसिर २५, २०८१
काठमाडौं
६ लाख भ्रष्ट्राचारका आरोपीलाई विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

६ लाख रूपैयाँ हानिनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

सोलुखुम्बुको लिखुपिके गाँउपालिका-२ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुवेदीलाई विशेषले एक वर्षअघि सफाइ दिने भनेर गरेको निर्णयविरुद्ध आयोगले मंगलबार पुनरावदेन गरेको हो । 

विशेषले गरेको फैसला आयोगलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए । 

वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा त्यसविपरीत हुने गरी बस्नेत, भण्डारी र सुवेदीले झुट्टा बिल भरपाईको आधारमा  ६ लाख ६० हजार भुक्तानी गरेकोमा लेखा परीक्षण बेरुजुपश्चात ६० हजार दाखिला गरी बाँकी ६ लाख बराबरको हानिनोक्सानी पुर्‍याएको अख्तियारको अभियोग छ । 

प्रतिवादीहरूको मनसाय पहिला निःशुल्क जग्गा प्राप्तिका लागि केही प्रयास गरे जस्तो देखाउने गरी सूचना निकाल्ने र पछि नक्कली बिल भरपाई दिई रकम लिने मनसाय रहेको उनीहरूको कार्यबाट देखिएको आयोगले बताएको छ ।  

भवन निर्माणका लागि निःशुल्क रूपमा प्राप्त गरेको तथ्य २०७५ फागुन १५ गतेको मालपोत कार्यालयमा भएको दानपत्रको लिखतबाट देखिएको आयोगले जनाएको छ । उक्त हक हस्तान्तरण गर्ने लिखतमा मात्र नभएर र जग्गा खरिद गर्दा बिक्री गर्दा बुझाउनु पर्ने मालपोत रसिदमा समेत निःशुल्क उल्लेख भएबाट जग्गा खरिद नगरी निःशुल्क रूपमा वडा कार्यालयले प्राप्त गरेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्