
काठमाडौं जिल्ला अदालतले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले आज उनलाई दोषी ठहर गरेको हो ।
यस्तै, पीडित महिलामाथि अहिराजले लगाएको आपराधिक लाभमा अदालतले दाबी नपुग्ने आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साउनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । त्यसपछि उनी डिल्लीबजार कारागार चलान भएका थिए ।
२०८१ जेठ ४ गते आफू डेरामा बसिरहेका बेला अहिराजले कोही नभएको मौका छोपेर मुख थुनेर आफूलाई जबर्जस्ती करणी गरेको भन्दै पीडित युवतीले जाहेरी दिएकी थिइन् ।
प्रहरीले उनलाई २०८२ साउज ४ गते आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो ।