![चार महिनामा तयार भयो कमलादीमा भासिएको सडक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Kamaladi_road_Nepal_Photo_Library9_7zdOQiyjVe.jpeg)
गत साउन २५ गते काठमाडौंको कमलादीमा भासिएको सडकको पुनर्निर्माण सकिएको छ । कमलादीमा भासिएको सडक पुनर्निर्माण गरेर सवारी आवागमनका लागि तयार भएको हो।
यो सडकमा बिहीबार बिहानदेखि यातायात सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको तयारी छ । काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै भासिएको सडक पुनर्निर्माणका लागि असोज १८ मा सम्झौता भएको थियो ।
मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित काम सुरू गरिएको थियो । तर, तोकिएको समयभन्दा केही दिन ढिला गरी बुधबार काम सकिएको हो ।
तस्वीरहरू :










