
प्राय: विवाह भएको दुई/चार वा १०/१५ वर्षमा सम्बन्धविच्छेद भएका खबरहरू आइरहन्छन् । केही योभन्दा चाडो वा दुई/चार वर्ष ढिलो पनि होलान् ।
तर, एउटा जोडीको विवाह भएको ४४ वर्षपछि सम्बन्धविच्छेद भएको छ । घटना भारतको हो । ठाउँबारे भने खुलाइएको छैन ।
७० वर्षीय श्रीमानले ७३ वर्षीया श्रीमतीसँग डिभोर्स गरेको द टाइम्स अफ इन्डियाले जनाएको छ ।
१९८० अगस्टमा विवाह गरेका दम्पतीका तीन सन्तान छन् । उनीहरूबीच १८ वर्ष लामो कानुनी लडाइँपछि सम्बन्ध विच्छेद भएको हो ।
सम्बन्ध बिग्रिएपछि सन् २००६ देखि श्रीमान्–श्रीमती छुट्टाछुट्टै बस्दै आएका थिए । श्रीमानले पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएका थिए । सन् २०१३ मा अदालतले उनको सम्बन्धविच्छेदको निवेदन खारेज गरिदिएको थियो ।
त्यसपछि श्रीमानले उच्च अदालतमा पुनरावेदन गरेको समाचारमा उल्लेख छ । जहाँ उक्त मुद्दा करिब ११ वर्षसम्म विचाराधीन रह्यो ।
अन्तिममा श्रीमानले तीन करोड रुपैयाँ तिरेर सम्बन्धविच्छेद गरेका हुन् ।
मुद्दा मिलाउन श्रीमानले आफ्नो जग्गा बेचेर २ करोड ५० लाख नगद दिएका थिए ।