२९ जेठ २०८३, शुक्रबार

सडक खनेर माटो थुपारेको भन्दै काठमाडौं महानगरले तिरायो १० हजार जरिवाना

पुस ४, २०८१
काठमाडौं
सडक खनेर माटो थुपारेको भन्दै काठमाडौं महानगरले तिरायो १० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सडक खनेर माटो थुपारेको भन्दै एक जनालाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका-३ धुम्बाराहीकी एलिना कार्कीलाई महानगर प्रहरी बलले १० हजार रूपैयाँ जरिवाना तिराएको हो ।

कार्कीले घरअगाडिको सडक खनेर माटो थुपारेर अलपत्र छाडेको तथा फोहरमैला गरेको महानगरले जनाएको छ ।

मेयर बालेन्द्र (बालेन) शाहको सचिवालयले नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई महानगरले कानूनी कारबाही गर्दै आएको र यो निरन्तर जारी रहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्