२७ जेठ २०८३, बुधबार

योग साधना गरी मनाइयो विश्व ध्यान दिवस

पुस ७, २०८१
काठमाडौं
योग साधना गरी मनाइयो विश्व ध्यान दिवस

 विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले विश्व ध्यान दिवस नेपालमा पनि मनाएका छन् ।

हिमालयको देश नेपालबाट योग, ध्यान सुरु भएको शास्त्रीय मान्यता छ । योग, ध्यानका आदि गुरु भगवान् शिवलाई मानिन्छ । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो । 

विश्व ध्यान दिवसका अवसरमा शनिबार विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले नेपालमा यस कार्यक्रमको आयोजना गरेको हो । नेपाल महर्षि वैदिक फाउन्डेसनअन्तर्गतका ध्यान केन्द्र, ग्लोबल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा शनिबार सामूहिक ध्यान गरिएको फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए । 

यसैगरी जीवन विज्ञान, पतञ्जलि संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, ओशोका नाममा खुलेका विभिन्न संस्थाले विविध कार्यक्रम गरी विश्व ध्यान दिवस मनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्