२४ जेठ २०८३, आइतबार

पुरुषका लागि ओमेगा-३ अत्यन्त आवश्यक, कुन-कुन रोगबाट बचाउँछ ?

पुस ७, २०८१
काठमाडौं
पुरुषका लागि ओमेगा-३ अत्यन्त आवश्यक, कुन-कुन रोगबाट बचाउँछ ?

शरीरलाई स्वस्थ राख्नका लागि सबैभन्दा सजिलो उपाय भनेको आहारमा सुधार गर्नु हो। स्वस्थ र पोषणयुक्त खानाबाट शरीरलाई आवश्यक पोषक तत्व सजिलै प्राप्त गर्न सकिन्छ। 

स्वास्थ्य विशेषज्ञहरू भन्छन्, हाम्रो शरीरलाई प्रोटिन, भिटामिन्स, र एन्टिअक्सिडेन्ट्स नियमित रूपमा आवश्यक हुन्छ। यी पोषक तत्वले तपाईंलाई स्वस्थ राख्न मात्र होइन, गम्भीर रोगहरूबाट बच्न पनि मद्दत गर्छ।

अनुसन्धानहरूका अनुसार, प्रोटिन र भिटामिन्ससँगै यदि तपाईं ओमेगा-३ फ्याटी एसिड भएको खाने कुरा खान शुरू गर्नुहुन्छ भने यसले तपाईंको स्वास्थ्यमा धेरै लाभ पुर्‍याउँछ। ओमेगा-३ प्रायः हृदय स्वास्थ्य सुधारका लागि परिचित छ, तर के तपाईंलाई थाहा छ? यसले तपाईंलाई गम्भीर क्यान्सरबाट समेत बचाउन सक्छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, पुरुषहरूले आफ्नो दैनिक आहारमा ओमेगा-३ फ्याटी एसिड भएका खाने कुरा अनिवार्य रूपमा समावेश गर्नुपर्छ। किन? आउनुहोस्, यसका कारणहरू जानौं :

ओमेगा-३ फ्याटी एसिडले प्रोस्टेट क्यान्सरमा फाइदा पुर्‍याउँछ
एक नयाँ अध्ययनका अनुसार, ओमेगा-३ को नियमित सेवनले प्रोस्टेट क्यान्सरको विकास दरलाई सुस्त बनाउन सहयोग पुर्‍याउन सक्छ।

यूसीएलए हेल्थ जोन्सन कम्प्रिहेन्सिभ क्यान्सर सेन्टर का अनुसन्धानकर्ताहरूले आहारमा परिवर्तन जस्तै ओमेगा-३ फ्याटी एसिडको समावेशले पुरुषहरूलाई घातक प्रोस्टेट क्यान्सरबाट जोगाउन सक्ने बताएका छन्। 

जर्नल अफ क्लिनिकल अन्कोलोजीमा प्रकाशित निष्कर्षहरूका अनुसार, ओमेगा-३ फ्याटी एसिडको सेवनले प्रोस्टेट क्यान्सरको प्रारम्भिक चरणमा क्यान्सर कोशिकाहरूको वृद्धि दरलाई धेरै कम गर्छ।

विशेषज्ञहरू के भन्छन् ?
यस अध्ययनका प्रमुख लेखक, क्यालिफोर्निया विश्वविद्यालयका यूरोलोजी विभागका प्राध्यापक डा. विलियम एरोन्सन भन्छन्, ‘धेरै पुरुषहरू आफ्नो क्यान्सरको जोखिम घटाउन वा यसलाई थप बढ्न नदिन जीवनशैलीमा परिवर्तन गर्न चाहन्छन्। हाम्रो अध्ययनले देखाउँछ कि आहारमा ओमेगा-३ फ्याटी एसिड समावेश गर्नु लाभदायक हुनसक्छ।’

यो क्यान्सर पत्ता लागेको पाँच वर्षभित्र झण्डै ५० प्रतिशत पुरुषले शल्यक्रिया वा रेडिएसन थेरापी गर्नुपर्ने हुन्छ। तर, यदि आहारमा सुधार गरियो भने यस्ता गम्भीर प्रक्रियाबाट जोगिन सकिन्छ।

ओमेगा-३ फ्याटी एसिडका अन्य फाइदा
हृदय स्वास्थ्यका लागि लाभदायक
ओमेगा-३ फ्याटी एसिडले हृदयसम्बन्धी समस्याहरूलाई कम गर्न मद्दत गर्छ। अमेरिकन हार्ट एसोसिएसनका अनुसार, ओमेगा-३ भएको खाना खाने मानिसमा हृदय रोगको जोखिम २०-३० प्रतिशतले घट्छ। यो शरीरमा खराब बोसो (ट्राइग्लिसराइड्स) कम गर्छ, जसले हृदय रोगको सम्भावना कम हुन्छ।

साथै, यो रक्तचापलाई घटाएर धमनीमाथि पर्ने दबाबलाई कम गर्न पनि उपयोगी छ।

मस्तिष्क स्वास्थ्यमा फाइदा
ओमेगा-३ मस्तिष्कको संरचना र कार्यक्षमतालाई कायम राख्न मद्दत गर्छ। यसले स्मरणशक्ति र एकाग्रतामा सुधार ल्याउन सहयोग पुर्‍याउँछ।

साथै, मानसिक तनाव र चिन्ता कम गर्न पनि ओमेगा-३ उपयोगी छ। २०१६ को एक अध्ययनले देखाएको छ कि ओमेगा-३ का सप्लिमेन्ट्सको प्रयोगले बुढ्यौलीमा स्मरणशक्ति र सोच्न सक्ने क्षमतालाई सुधार गर्न मद्दत गर्छ।

तसर्थ, पुरुषहरूले आफ्नो आहारमा माछा, अखरोट, फ्ल्याक्ससीड्सजस्ता ओमेगा-३ भएका खाने कुरा समावेश गरेर स्वास्थ्यलाई लाभ पुर्‍याउन सक्छन्।

salt training

कमेन्ट गर्नुहोस्