
कसैको विहे हुनुपूर्व कति तयारी हुन्छ ? दुलहा-दुलही टुंग्याउनेदेखि सरसामान जुटाउन कति समय समय लाग्छ ? यो सबै गर्न धेरै समय लाग्छ । धेरै जना यसमा खटेका हुन्छ । तर, यत्रो तयारीपछि तय हुने विहे पनि अन्तिमा आएर रद्द भैदिन्छ ।
भारतको उत्तर प्रदेशस्थित अमरोहामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । मसकपुर मान्जरा गाउँमा विवाह चलिरहेको थियो । विवाह चलिरहँदा पहिलो नाटकीय मोड तब आयो जब दुलहा मण्डपमा पुगे। मण्डप पुगेसँगै बेहुलाको ह्वाट्सएपमा केही फोटो र भिडियो आएका थिए । त्यसपछि फोन । फोन आएपछि विवाह रद्द गर्नुपर्यो । जन्ती रित्तै फर्किनु पर्यो ।
मिडिया रिपोर्टका अनुसार बेहुला फोनमा कसैसँग कुरा गरेर मण्डपबाट बाहिर निस्किएका थिए । त्यसपछि फर्केर उनले विवाह गर्न अस्वीकार गरे । दुवै परिवारका मानिसहरू छक्क परे ।
आखिर फोनमा को सँग के कुरा भयो त ? वास्तवमा बेहुलालाई दुलहीका प्रेमीले फोन गरेका रहेछन् । उनले बिहे हुन लागेकी युवतीलाई आफूले धेरै माया गर्ने गरेको बताएका थिए ।
उनले दुलहालाई आफ्नो र केटीको केही फोटो र भिडियो पनि पठाएका थिए । तीमध्ये केही तस्विर–भिडियो आपत्तिजनक पनि थिए ।
फोन गर्ने व्यक्ति त्यही गाउँका थिए ।
धेरै प्रयास गर्दा पनि बेहला बिहे गर्न तयार भएनन् । त्यसपछि पञ्चायत बोलाइयो । सबैले बेहुलालाई मनाउन खोजे । तर बेहुलाले मानेनन् ।
पञ्चायतमा पनि कुरा नमिल्दा प्रहरी बोलाइयो । प्रहरीले दुवै पक्षलाई प्रहरी चौकी बोलायो । तर, दुलहाले आफ्नो निर्णय परिवर्तन गरेन र बीचैमा विवाह रद्द गरेर जन्ती रित्तै फर्किए ।