२६ असार २०८३, शुक्रबार

हुम्लामा टेलिकमको टावरमा तोडफोड, सेवा अवरुद्ध

पुस ८, २०८१
काठमाडौं
हुम्लामा टेलिकमको टावरमा तोडफोड, सेवा अवरुद्ध

हुम्लामा नेपाल टेलिकमका केही बीटीएस टावरमा अज्ञात व्यक्ति/समूहले तोडफोट गरेका छन् । जसका कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।

बीटीएस टावरहरूमा अनधिकृत रूपमा केही समूह/व्यक्तिहरूले तोडतफोड गरेर क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको प्रवक्ता हरि ढकालले बताए । 

सर्केगाड गाउँपालिका-५ स्थित बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीएसएटीका उपकरण तथा अर्थिंङ केवलमा क्षति पुगेको प्रवक्ता ढकालले बताए ।

विकट भौगोलिक अवस्थितिका कारणले मर्मत गरेर सेवा सञ्चालन गर्न केही समय लाग्न सक्ने ढकालले बताए । ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’, प्रवक्ता ढकालले भनेका छन् । 

सार्वजनिक महत्त्वका सरकारी सम्पतिमा क्षति पुर्‍याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने यस्ता किसिमका गतिविधि नगर्न टेलिकमले सबैमा अनुरोध गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्