०९ साउन २०८३, शनिबार
घुमफिर

ओ च्योर्दोङडाँडा ! ओ जिरी !

पुस ९, २०८१
काठमाडौं
ओ च्योर्दोङडाँडा ! ओ जिरी !

मेरो प्रायः यात्रा आकस्मिक हुन्छ । यसपालिको जिरी र च्योर्दोङ यात्रा पनि आकस्मिक नै थियो । काठमाडौंमा चिया जमघट गराउने मेरो पुरानै बानी हो । यस्तै, चिया गफगाफमा पत्रकार अमृत भादगाउँले दाजुले दोलखाको च्योर्दोङ जाने प्रस्ताव गर्नुभयो । घुम्न औधी मन लाग्ने मैले दाइको प्रस्ताव स्वीकार नगर्ने कुरै भएन । म तयार भइहालें । 

मंसिर २४ गते बिहान हामी कोटेश्वरमा सबै जना भेला भयौं र इभी गाडीमा जिरी हुइँकियौँ । हाम्रो टीममा मसहित पत्रकार सुरेन्द्र राना मगर, लेखक लोकराज भट्ट, पर्यटनकर्मी सम्दुक लामा, साइकलिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी र चन्दा खड्का थियौं । हाम्रो टोली गफिँदै जिरी यात्रातर्फ लाग्यो ।

मुडे पुगेपछि पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पत्रकार रोहेज खतिवडा, जीवन लामालगायत साथीहरूसँग भेट भयो । खुलेको मौसममा कोटेश्वरदेखि काभ्रे, सिन्धुपाल्चोक, दोलखा चरिकोटका दृश्यहरू हेर्दै हामी साँझ जिरी पुग्यौं

जिरीमा जन्मे/हुर्केका पर्यटन अभियन्ता लिलाराम खड्कासँग त्यहीं भेट भयो । बेलुकी जिरीको आलु, चिज र पदमचाल ब्राण्डको स्थानीय पेय पदार्थले हाम्रो जमघटलाई यादगार बनायो । उनै स्थानीय युवा व्यवसायी लिलाराम खड्काले नै ‘जाऔं है च्योर्दोङ’ अभियान शुभारम्भ गरेका थिए । उनले हामीलाई जिरीलगायत च्योर्दोङ यात्रा र यहाँको पर्यटनबारे जानकारी दिएका थिए ।

सोलुखुम्बु र रामेछापमा हवाई यातायातको सुविधा नहुँदासम्म जिरीको एयरपोर्ट सञ्चालनमै थियो । पदयात्रामा आएका विदेशी पर्यटकको केन्द्र थियो जिरी । गुलजार थियो जिरी र यही बाटो हुँदै पर्यटकहरू सगरमाथा जान्थे । यसलाई सगरमाथाको प्रवेशद्वार पनि भनिथ्यो

null

जिरी नेपालको ज्युरिचको रूपमा चिनिन्छ । स्विट्जरल्याण्डको ज्युरिचसँग तुलनागरी जिरीलाई नेपालको स्विट्जरल्याण्ड उपाधि दिएको छ । जिरीबाट स्विट्जरल्याण्ड गएर होटल तालिम लिएका केशर जिरेल लिङ्कन बजारमा अहिले गाविल्ला होटल चलाएर बसेका छन् । जिरेल जिरीमा आन्तरिक तथा बाह्य पर्यटन बढ्नेमा आशावादी छन् ।

स्थानीय व्यवसायी केशव माडेले जिरीको भविष्यबारे सबै एकजुट हुनुपर्ने बताए । साथै स्थानीय शिक्षक केन्द्रज्योती खड्काले पनि सडक मार्गको सहज पहुँचले काठमाडौंका पर्यटकको पहिलो रोजाइ जिरी बनाउन सबैले पहल गर्नुपर्ने बताए ।

यस्तै, नयाँ साथीहरूको मीठो गफले हाम्रो जिरीको पहिलो रातको बसाइ यादगार र अत्यन्तै फलदायी भएको मैले अनुभव गरिरहेको थिएँ । पत्रकार चन्द्रशेखर कार्की दाइले आफूले दोलखामा बिताएको बाल्यकालबारे र आगामी दिनमा जिरीलगायत दोलखाको पर्यटन क्षेत्र समेटेर फोटो प्रदर्शनी गर्ने मनसाय सुनाए ।

null

जिरेल जाती, जिरेल संस्कृति तथा जिरेल भाषाको उत्पत्ति जिरीमै भएको इतिहासकारहरू बताउँछन् । यहाँ धार्मिक तीर्थस्थल जिरेश्वरी, गोकुलेश्वर तथा दुर्गेश्वरी महादेवको मन्दिर, लोसा गुम्बा, बौद्ध स्तुपा छ ।

त्यस्तै, चिज फ्याक्ट्री, चौरी तथा गाई पालन यहाँको अर्को कृषि पर्यटन विशेषता हो । स्थानीय खाना परिकारमा फापर तथा आलुको ढिंडो, सिस्नुको परिकार, गुन्द्रुकको सुप, डल्ले मुलाको अचार, असला माछा, याक चिज, मख्यन, छुर्पी, अर्थोडक्स चिया, पद्मचालको रक्सी, कोदोको सिल्मालगायत विभिन्न किसिमका खाना परिकार यहाँ पाइने भएकोले जिरी भन्नासाथ पर्यटकहरू टिपिकल ठाउँमा पुगेको अनुभव गर्ने गर्छन् ।

null

भोलिपल्ट जिरी लिंकन बजारमा बिहानको चियाखाजा खाएर हामीहरू बोलेरो गाडीमा क्याङ्सेपोखरीसम्म गयौं । क्याङ्सेपोखरी नजिक डिलमा बसेर केही फलफूल खाएर हामी उकालो लाग्यौं । करिब तीन घण्टा हिँडेपछि हामी खाना खाने ठाउँमा पुगेका थियौं । त्यहाँको खाना र बेलुकी बस्न टेन्ट, खानपानलगायत व्यवस्थापन सगरमाथा आरोहण गरिसकेका जिरीकै स्थानीय लालबहादुर जिरेलले गरेका थिए ।

उनले हामीलाई सगरमाथा आरोहणका अनुभव पनि सुनाए । खाना खाएर एकछिन आराम गरेपछि हामी फेरि उकालो लाग्यौं । करिब एक डेढ घण्टा उकालो उक्लेपछि हामी ३६९० मिटर उचाईमा रहेको च्योर्दोङडाँडा पुग्यौं ।

च्योर्दोङडाँडा धार्मिक, रमणीय स्थल तथा प्याराग्लाइडिङ्ग, साहसिक पर्यटकीय क्रियाकलापका लागि उपयुक्त स्थान रहेछ । यात्रा कठिन भए पनि त्यहाँ पुगेपछि देखिने प्रकृतिको अनुपम दृष्य र हिमालको मीठो हावाले सबै थकानलाई बिर्साइरहेको थियो ।

null

त्यहाँ च्योदेङिश्वर महादेवको प्राचीन शिला र आधुनिक मूर्ति रहेछ । यस मन्दिरमा वैशाख १ गते र कात्तिक पूर्णिमाको दिन मेला लाग्ने रहेछ । त्यहाँबाट रोल्वालिङ, नुम्बुर, गौरीशंकर, लाङटाङलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।

त्यहाँ पहिल्यै पुगिसकेका पत्रकार चन्द्रशेखर दाइले नुम्बुरदेखि माछापुच्छ्रे र धौलागिरीसम्मको हिमालको परिचय गराउँदा हामीहरू क्षितिजतर्फ चाख दिएर हेरिरहेका थियौं

च्योर्दोङडाँडा आन्तरिक तथा बाह्य पर्यटक र प्रकृतिप्रेमीका लागि अत्यन्तै राम्रो गन्तव्य बन्न पुगेको छ । त्यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

त्यसरात आमी च्योर्दोङडाँडामै टेन्टमा बस्यौ । आगो बालेर ताप्यौं । गीत गायौं । रमाइलो गफ गर्‍यौं । चिसो सिरेटो र राति टेन्ट नै उडाउने खालको हावाले हामीलाई हिमालको नजिक भएको अनुभव गरायो ।

null

बिहान झिसमिसेमा सूर्योदय हेर्न सबै साथीहरू उठ्नुभयो । सूर्योदय हेर्दै हामीले चियाखाजा खायौं । साइकलिस्ट रञ्जन राजभण्डारी, सुदीप पौडेल, गोपाल श्रेष्ठलगायतले च्योर्दोङडाँडाको खर्कमा साइकिलिङ गरे । अन्य साथीहरू वरिपरिका खर्कसम्म पुगेर घुमघाम गर्न थाले ।

हामीहरू सबैले फोटो खिच्यौं । दिउँसो १ बजे च्योर्दोङडाँडाको खर्कमा खाना खाएर हामी जिरीतर्फ ओरालो लाग्यौं । त्यसरात जिरीमै बसेर भोलिपल्ट बिहानै हामी फेरि भेटौँलाच्योर्दोङडाँडा ! ओ जिरी ! भन्दै काठमाडौंतर्फ लाग्यौं ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्