१० साउन २०८३, आइतबार

नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस

पुस ११, २०८१
काठमाडौं
नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस

आफ्नो विश्वव्यापी सीएसआर पहल सामसङ इनोभेसन क्याम्पस (एससीआई) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ। 

यसैक्रममा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ । 

यसका साथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्षको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ।

सन् २०२२ मा शुरू भएदेखि, एसआईसीले युवाहरूलाई चौथो औद्योगिक क्रान्तिका लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेदर फर टुमरो! इन्एबलिंग पिपल’को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ । 

लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको सामसङले जनाएको छ । 

प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस  त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसी र डीन प्रा डा सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।

‘सामसङमा, टुगेदर फर टुमरो! इन्एबलिंग पिपलको हाम्रो उद्देश्यले हामीलाई नवप्रवर्तन र शिक्षा मार्फत युवाहरूलाई सशक्तिकरण गर्न प्रेरित गर्ने गर्दछ। यी विद्यार्थीहरूको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउन पाउँदा हामीलाई गर्व लाग्छ। तिनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर हामी उत्साहित छौं, इन सु किमले भने।

null

कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुका साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक सफ्ट–स्किलहरूलाई पनि जोड दिन्छ। यस इनिसिएटिभको एक अद्वितीय पक्ष यसको प्रयोगात्मक एप्लीकेसन खण्ड हो, जहाँ विद्यार्थीहरूले उनीहरूले सिकेका प्रविधिहरू प्रयोग गरेर वास्तविक–विश्व मुद्दाहरूलाई सम्बोधन गर्छन्।

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रा डा सुशील बी बज्राचार्यले कार्यक्रमको परिवर्तनकारी प्रभावलाई उल्लेख गर्दै भने, ‘एआई पाठ्यक्रमको सफल समापन हाम्रा विद्यार्थीहरूलाई यस कार्यक्रमले ल्याएको ठूलो मूल्यको प्रमाण हो। नेपालको युवाहरूमा नवप्रवर्तनलाई बढावा दिन सामसङको प्रयासलाई गहिरो सराहना गरिन्छ  । र, हामी निरन्तर सहयोगको लागि तत्पर छौं।’

आगमन ब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्नेछ। कम्पनीका अनुसार यस पहलको उद्देश्य नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टमको पालनपोषण गर्नु हो, जसले विद्यार्थीहरूलाई विकसित डिजिटल परिदृश्यमा फस्टाउन तयार पार्नेछ।

शिक्षा र नवप्रवर्तनप्रति निरन्तर प्रतिबद्धताले सामसङको दिगो, सकारात्मक परिवर्तन सिर्जना गर्ने विश्वासलाई जोड दिने कम्पनीले जनाएको छ । सामसङ इनोभेसन क्याम्पस जस्ता पहलहरूमार्फत कम्पनीले नेपाल र नेपाल बाहिरका लागि उज्यालो भविष्य निर्माण गर्न नयाँ पुस्ताका आविष्कारकहरूलाई सुसज्जित गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्