१० साउन २०८३, आइतबार

२१ अंकले घट्यो नेप्से, विकास बैंकहरूको शेयर मूल्यमा भारी गिरावट

पुस १४, २०८१
काठमाडौं
२१ अंकले घट्यो नेप्से, विकास बैंकहरूको शेयर मूल्यमा भारी गिरावट

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.१२ अङ्कले घटेर २६०९.५८ को विन्दुमा बन्द भएको हो । आज बजारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । 

आज सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने, सर्वाधिक १० प्रतिशतले बढेको छ । 

गत साताको अन्तिम कारोबारका दिन पनि विकास बैंकहरूको शेयर मूल्यमा सबैभन्दा बढी १० प्रतिशतले गिरावट आएको थियो । 

आइतबार बजार पुँजीकरण ४३ खर्ब २८ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्