२९ असार २०८३, सोमबार

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

पुस १५, २०८१
काठमाडौं
हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले काठमाडौंको नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको छ ।​

सिभिल बैंकलाई प्राप्तिपछि नजिक रहेका भएका शाखालाई स्थानान्तरण गर्ने क्रममा बानेश्वर शाखालाई काठमाडौं महानगरपालिका वडा नम्बर- ३२, कोटेश्वरमा स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थितिमा गरेका हुन् ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८ हजार भन्दा बढी पीओएस टर्मिनलस् र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्