०४ साउन २०८३, सोमबार

तपाईंको पिसाबमा फिँज आइराख्छ ?, समयमै जचाउनुहोस्, नत्र....

पुस १५, २०८१
काठमाडौं
तपाईंको पिसाबमा फिँज आइराख्छ ?, समयमै जचाउनुहोस्, नत्र....

पिसाबमा बारम्बार फिँज देखिनु र लामो समयसम्म रहनुलाई सामान्य मान्न नसकिने चिकित्सकहरूले बताएका छन् । पिसाबको रङ बाक्लो हुन्छ वा त्यसमा तेज गन्ध आउँछ, पिसाब गर्दा पोल्ने वा दुख्ने महसुस हुन्छ भने तपाईंलाई मूत्रनलीमा संक्रमण भएको हुनसक्छ ।

अनुहार, खुट्टा र हात सुन्निनु, जुन किड्नीसम्बन्धी समस्याको लक्षण हुन सक्छ। विशेष गरी कुनै शारीरिक मेहनत नगर्दा पनि थकान र कमजोरी महसुस हुनु, दिनभर बारम्बार प्यास लाग्नु र मुख सुक्नु जस्ता लक्षण छन् भने शरीरमा पानीको कमी वा मधुमेह भएको हुन सक्छ । रातको समयमा बारम्बार पिसाब लाग्नु पनि समस्या नै हो । 

पिसाबमा फिँज आउनुको कारण :

  • किड्नीले राम्रोसँग काम नगर्दा पिसाबमा प्रोटिन बढ्छ, जसले फिँज बनाउँछ।
  • शरीरमा पानीको कमी हुँदा पिसाब बाक्लो र फिँजयुक्त हुन्छ।
  • चिनी धेरै हुँदा पिसाबमा चिनी र प्रोटिनको मात्रा बढी हुन्छ।
  • ब्याक्टेरिया संक्रमण हुँदा फिँज वा बबल देखिन सक्छ।
  • गर्भावस्था वा हर्मोन असन्तुलन।
  • प्रोटिनयुक्त खाना (मासु, अण्डा) धेरै खाँदा।
  • लामो समय पिसाब रोक्दा।

समाधानका उपायहरू :

  • दिनमा ८-१० गिलास पानी पिउनुहोस्।
  • मासु, अण्डा, दालजस्ता प्रोटिनयुक्त खाना सीमित गर्नुहोस्।
  • ताजा फलफूल र तरकारी बढी खानुहोस्।
  • नारिवलको पानी पिउनुहोस्, जसले किड्नी सफा गर्छ।
  • मूत्रनली सफा राख्नुहोस् र पिसाब रोक्ने बानी हटाउनुहोस्।
  • त्रिफला चूर्ण प्रयोग गर्नुहोस् (आयुर्वेदिक उपचार)।
  • धनियाँ र पुदिनाको पानी उमालेर पिउनुहोस्।
  • मनतातो पानीले नुहाउनुहोस् (संक्रमण कम गर्न)।

डाक्टरको परामर्श कहिले लिनुपर्छ?
यदि माथि उल्लेख गरिएका सबै उपायहरू अपनाउँदा पनि पिसाबमा फिँज देखिन्छ भने यी कुरामा ध्यान दिनुहोस्।

  • पिसाबमा बारम्बार फिँज देखिएमा, विशेष गरी यो लामो समयसम्म रहँदा, तुरुन्तै डाक्टरसँग सल्लाह लिनुहोस्।
  • किड्नी र रगतमा चिनीको नियमित जाँच गराउनुहोस् ताकि कुनै गम्भीर समस्याको पहिचान गर्न सकियोस्।
  • दैनिक व्यायामलाई जीवनशैलीमा समावेश गर्नुहोस् र सन्तुलित जीवनशैली अपनाउनुहोस्।
  • घरेलु उपायहरू अपनाउनुअघि वा औषधि सेवन गर्नुअघि डाक्टरको सल्लाह अवश्य लिनुहोस्।
  • पर्याप्त निद्रा लिनुहोस् र तनावबाट बच्नुहोस् । किनभने यी कुराले पनि शरीरको कार्यक्षमता प्रभावित गर्न सक्छ।

salt training

कमेन्ट गर्नुहोस्