
तमु ल्होसारका अवसरमा काठमाडौंमा गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको पद यात्रा र्यालीमा सर्प स्तम्भ लिएर परम्परागत जातीय भेषभूषामा विभिन्न नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका नागरिक । यस वर्ष सर्प वर्ष परेको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने प्रचलन रहेको छ । तस्वीर : हरिराम भेटुवाल/रासस