
नेपाल टेलिकमका नेटवर्कबाट भारतमा कल गर्दा लाग्ने महसुल दर परिमार्जन गरिएको छ ।
नेपाल टेलिकमले भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई गएराति १२ बजेदेखि नै लागू हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३ रूपैयाँ ७६ पैसा कायम गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले बताएका छन् ।
यसका साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको प्रवक्ता ढकालले बताए ।