
हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धाकरझोङ गाउँ नजिकै रहेको अनौठा आकृति देख्न सकिने लुङबुक गुफामा रमाउँदै आन्तरिक पर्यटक । हिउँद याममा उक्त स्थानमा सेताम्मे भएर झरनाको पानी जमेको मनमोहक दृश्य हेर्नकालाई आन्तरिक पर्यटक यहाँ आउने गर्छन् । तस्बिरःरासस